भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित एक जना पक्राउ

Newslaya Home

भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित एक जना पक्राउ

सोमबार १२, जेठ २०७७

जनकपुरधाम । सिरहा जिल्लाको सिरहा नगरपालिका–१७ बाट भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लकडाउनको समय भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लागुऔषध सहित सिरहा–१७ का ४५ वर्षीय विजयलाल पासवानलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा किराना सामान, राजनिवास सहित अबैध लागुऔषध डाइलेक्स टिएम डिसी १०० एमएलको ४४ बोतल, रिप्लीन १०० मिलिको ३६ बोतल, नाइट्रागेपम ट्याब्लेट १२० पिस र एसपास्मो प्रोक्सीभोन ४४ पिस बरामद गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

लागुऔषध सहित पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।