एस बि अनुरागीका गजल : कालापानीको कुरा

Newslaya Home

एस बि अनुरागीका गजल : कालापानीको कुरा

सोमबार १२, जेठ २०७७

–एस बि अनुरागी

लिम्पियाधुरा लिपुलेक कालापानीको कुरा छ
कुरा छ इमानदार अनि बेइमानीको कुरा छ ।।

सडक र सदनमा उफ्रीयो बेसरी अचेल बन्ती छ बोली,
सिमानाको साक्षी अनि जमानीको कुरा छ ।।

एकचिम्टी माटोको लागि त बलिदानको इतिहास छ हाम्रो,
यहाँ त सिङ्गो स्वभिमान अनि निसानीको कुरा छ ।।

एकचक्की सिटामोल नदेखी मर्छ बिरामी कोहि,
कुरा छ त केवल माफिया ओम्नीको कुरा छ ।।

अनुरागीले देख्ने सुनौलो हरेक सपनाहरूमा,
सपना जलेका अंगार अनि खरानीको कुरा छ ।।

1 प्रतिकृयाहरू प्राप्त
  • Gobindaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १३, जेठ २०७७
Dhanyabat...anuragi..g...