नेपालमा कोरोना संक्रमितको संख्या ६८१ पुग्यो

Newslaya Home

नेपालमा कोरोना संक्रमितको संख्या ६८१ पुग्यो

सोमबार १२, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६८१ पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।

पछिल्लो समय थप ६ जनामा कोरोनाको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६८१ पुगेको छ । यो सँगै नेपालमा उनकाअनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १११ जना पुगेको छ ।