भोजपुरका ५२ पत्रकारको कोरोना बिमा

Newslaya Home

भोजपुरका ५२ पत्रकारको कोरोना बिमा

सोमबार १२, जेठ २०७७

भोजपुर । भोजपुरमा कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका पत्रकारका लागि कोरोना बिमा गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ भोजपुरका क्रियाशिल ५२ पत्रकारको बिमा सम्झौता भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, सोहि नगरपालिका ९ का वडाध्यक्ष रामबहादुर तामाङ र ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गरेका हुन् ।

अग्रपंक्तिमा रहेर जोखिमपूर्ण तरिकाले समाचार संकलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको उपमेयर ममिता राईले जानकारी दिइन् ।

बिमा कम्पनीसँग भएको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने भएको छ ।