नेपाली भूमी फिर्ता गर्न माग राख्दै डा. केसीद्वारा सत्याग्रहको घोषणा

Newslaya Home

नेपाली भूमी फिर्ता गर्न माग राख्दै डा. केसीद्वारा सत्याग्रहको घोषणा

सोमबार १२, जेठ २०७७

काठमाडौं । अतिक्रमित नेपाली भूमी फिर्ता गर्न माग राख्दै डा. गोबिन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् ।

डा. केसीले सोमवार एक विज्ञप्ती जारी गर्दै आगामी जेठ २० गतेदेखि सत्याग्रह गर्ने घोषणा गरेका हुन् । राष्ट्रिय मुद्धालाई सहि बहसमा ल्याइ अतिक्रमित भूमि फिर्ता प्रक्रिया शुरु गर्न सत्याग्रहको घोषणा गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

यस अघि केसीले स्वास्थ्यसँग सम्बन्धित मागहरु राखि धेरै पटक अनसन गरिसकेका छन् ।