सर्लाहीमा एक बालक सहित दुईजनाको डुबेर मृत्यु

Newslaya Home

सर्लाहीमा एक बालक सहित दुईजनाको डुबेर मृत्यु

सोमबार १२, जेठ २०७७

जनकपुरधाम । सर्लाहीको दुई छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

बसबरिया गाउँपलिका–४ गोनर्वाका बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घर नजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चन्द्रनगर गाउँपालिका–६ कामद बस्ने दुलार मुखियाको पोखरीमा एक जना युवक डुबेको अवस्थामा मृत फेला परेका छन् । अन्दाजी २२ बर्षीय युवकको पहिचान हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

दुवै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।