उदयपुरमा ४३ बर्षीया महिला घरमै मृत फेला

Newslaya Home

उदयपुरमा ४३ बर्षीया महिला घरमै मृत फेला

सोमबार १२, जेठ २०७७

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।

सोमबार बिहान ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला परेकी हुन् ।

तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मृत रहेको अवस्थामा फेला पारेको हो ।

महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको छ ।

मृतकको कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।