मोरङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

Newslaya Home

मोरङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

सोमबार १२, जेठ २०७७

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राईको ट्याक्टरबाट लडेर मृत्यु भएकोह हो ।

अचानक ट्याक्टरबाट लडेर घाइते भएका उनलाई उपचारको लागी मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।