भारतबाट सप्तरी आएका दुई जनामा कोरोना संक्रमण

Newslaya Home

भारतबाट सप्तरी आएका दुई जनामा कोरोना संक्रमण

सोमबार १२, जेठ २०७७

राजविराज । सप्तरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोस्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा बसेका डाकनेश्वरी नगरपालिका–४ का २२ वर्षीय र वडा नम्बर ८ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हो।

संक्रमित दुवै जना भारतको मुम्बईबाट जेठ ५ गते आएको डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य सहसंयोजकले जानकारी दिएका छन् । भारतबाट आए लगत्तै उनीहरुलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको थियो।

भारतले रेलसेवा सञ्चालन गरेपछि भारतको फरक–फरक राज्यबाट आएकाहरुको नमूना स्वाब संकलन गरिएको र थप दुई जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

संक्रमित व्यक्तिहरुलाई सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याइएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।