भारतमा आजबाट आन्तरिक उडान सुरु

Newslaya Home

भारतमा आजबाट आन्तरिक उडान सुरु

सोमबार १२, जेठ २०७७

काठमाण्डौ । भारतमा सोमबारदेखि घरेलु उडान सुरु भएका छन्। दुई महिनापछि दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा सोमबारबिहान पुणेका लागि सबैभन्दा पहिलो फ्लाइट प्रस्थान गरेको थियो।

विमानका सबै यात्रुहरुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई किट लगाएका थिए।

सबै यात्रुहरुलाई एयरलाइन्सले नै फेस कभर मास्क प्रदान गरेका थिए। आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान सुचारु भएका हुन्।

एयरपोर्टमा नयाँ नियमका साथ व्यवस्था बदलिएको छ। कोरोना संक्रमणबाट बच्नका लागि विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको छ।

यसका साथै हवाई यात्राको सम्बन्धमा भारतका विभिन्न राज्यले आ–आफ्नो राज्यमा विशेष गाइडलाइन्स पनि जारी गरेका छन्।