पशुपतिनगर नाकाबाट ७६ जना नेपालीको उद्दार

Newslaya Home

पशुपतिनगर नाकाबाट ७६ जना नेपालीको उद्दार

सोमबार १२, जेठ २०७७

इलाम । रोजगारीका लागि भारत गएका ७६ जना नेपाली नागरिकलाई एकैदिन इलामको पशुपतिनगर नाकाबाट इलाम प्रवेश गराइएको छ ।

लकडाउनका कारण समस्यामा परेकाले उनीहरुको नाकामा नै स्वास्थ्य जाँच गरी इलाम ल्याइएको हो । इलाम ल्याइएका नागरिकहरु इलाम बाहिर दोलखा, तेह्रथुम, काठमाण्डौ लगायत स्थानका रहेको इलाका प्रहरी कार्यलय पशुपतिनगरले जनाएको छ ।

इलाम प्रवेश गरेकाको स्वास्थ्य जाँचका क्रममा आठ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।

रोजगारीका लागि भारत गएका उनीहरु मध्ये धेरै भारतको दार्जिलिङ्ग, मिरिक, सिक्किम लगायत स्थानका रहेको बताइएको छ । नेपाल आउन चाहनेहरु मध्ये एक सय २५ नेपाली नागरिक अझै सीमापारी नै रहेको जनाइएको छ ।