प्रहरीसँगको भीडन्तमा एक जना लागुऔषध कारोबारीको मृत्यु

Newslaya Home

प्रहरीसँगको भीडन्तमा एक जना लागुऔषध कारोबारीको मृत्यु

सोमबार १२, जेठ २०७७

जलेश्वर । महोत्तरी लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा आइतबार राति भएको भीडन्तमा मृत्यु हुनेमा स्थानीय १६ वर्षीय राजन यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ

चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।