भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोना परिक्षण गरिने

Newslaya Home

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोना परिक्षण गरिने

सोमबार १२, जेठ २०७७

चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।

आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए ।

बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।