कोराविरुनाविरुद्ध लड्न चेयवनप्रास !

Newslaya Home

कोराविरुनाविरुद्ध लड्न चेयवनप्रास !

सोमबार १२, जेठ २०७७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले इम्युनिटी पावर बढाउनका लागि कोरोना संक्रमितलाई चेयवनप्रासलगायतका अन्य जडीबुटी उपलब्ध गराएको छ ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि कोरोना संक्रमितहरुलाई ५०० ग्राम चेयवनप्रास र ६० ट्याबको दरले इम्युनी केयर उपलब्ध गराइएको मेयर विजयकुमार सरावगीले जानकारी दिए ।

इम्युनिटी पावर बलियो व्यक्तिले सहजै कोरोनालाई जित्ने विश्वास रहेका कारण अस्पतालमा उपचाररत सबै संक्रमितका लागि ९९ सेट चेयवनप्राससहित जडीबुटी पठाइएको उनले बताए ।