भक्तपुरमा युवतीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

Newslaya Home

भक्तपुरमा युवतीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

सोमबार १२, जेठ २०७७

काठमाडौं । भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहित पाँच जनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गिरीले जेठ ८ गते बेलुका युवतीलाई ललाइफकाइ आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर आफ्ना साथी कवाङ लामासहित चार जनालाई बोलाइ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीले घट्नाको भोलिपल्ट महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भइ मध्यपुरथिमि ६ पुरानोथिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको र फरार अन्य चार जनाको खोजी भइरहेको जनाएको छ ।