सडकमै ज्यान गुमाए भरियाले, हातमा थियो नाम्लो

Newslaya Home

सडकमै ज्यान गुमाए भरियाले, हातमा थियो नाम्लो

सोमबार १२, जेठ २०७७

काठमाडौं । कीर्तिपुरको सडकमा एक भरिया मृत फेला परेका छन् । आइतबार कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा धादिङका सूर्यबहादुर तामाङ मृत फेला परेका हुन् ।

स्थानीयवासीका अनुसार उनी कीर्तिपुरमा वर्षौदेखि भरियाको काम गर्दै आएका थिए ।

लकडाउन सुरु भएयता कामविहिन भएका तामाङ पछिल्लो समय केही संघसंस्थाले उपलव्ध गराएको खाना खाएर पाटीमा सुत्थे । आफन्त नभएका उनको आइतबार नै प्रहरीले पोष्टमार्टम गरेको छ ।