प्रदेश १ प्रमुख सोमनाथ प्यासीले दिए मुस्लिम समुदायलाई इदको सुभकामना

Newslaya Home

प्रदेश १ प्रमुख सोमनाथ प्यासीले दिए मुस्लिम समुदायलाई इदको सुभकामना

सोमबार १२, जेठ २०७७

इटहरी । प्रदेश १ का प्रमुख सोमनाथ प्यासीले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा शुमकामना व्यक्त गरेका छन् ।

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै प्यासीले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध भएर प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन् ।

भीडभाड नगरी संचारको माध्यमबाट ईदुल फित्रको सुभकामना आदान प्रदान गर्न प्यासीले अनुरोध गरेका छन् ।

No description available.