राष्ट्रिय युवा संघ विराटनगरद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Newslaya Home

राष्ट्रिय युवा संघ विराटनगरद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

आइतबार ११, जेठ २०७७

विराटनगर । राष्ट्रिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई आजपनि निरन्तरता दिएको छ । सोहि क्रममा आज (आइतबार) विराटनगर वडा नं. १, ३ र ४ का अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

बिपन्न परिवारलाई लकडाउन अबधिभर सक्दो सहयोग गर्ने राष्ट्रिय युवा संघ नेपाल विराटनगर कमिटी अध्यक्ष सुशील रिजालले बताए । साथै सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न समेत रिजालले आग्रह गरे ।

राहत बितरणका क्रममा राष्ट्रिय युवा संघ नेपालका नेताहरु सन्तोषी श्रेष्ठ, ईश्वरी आचार्य, रेशम थापा मगर लगायतको उपस्थिति रहेको थियो । लकडाउन सुरु भएयता राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले अति बिपन्न वर्गलाई घर मै पुगी दैनिक खाद्यान्न बितरण गरिरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.