बराहक्षेत्र नगरले दुई वार्डमा गरेको सिल हटायो

Newslaya Home

बराहक्षेत्र नगरले दुई वार्डमा गरेको सिल हटायो

आइतबार ११, जेठ २०७७

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकाले दुई वटा वडामा गरेको सिल हटाएको छ ।

नगरले आइतबार एक विज्ञप्ति जारी गर्दै वडा नम्बर १० र ११ मा गरिएको सिल हटाएको हो ।

गत मंगलबार वडा नम्बर ११ मधुवन हावैमहलमा रहेको सशस्त्र प्रहरी पोष्टका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै १० र ११ वार्डमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण आवागमनमा रोक लगाउने गरी सिल गरिएको थियो ।

उक्त दुई वडाका थप मानिसहरुमा संक्रमण नभएको पाइएपछि सिल हटाइएको हो । सिल गरिएका वडाहरुमा खुल्ला गरिएपनि नेपाल सरकारले गरेको लकडाउन भने यथावत रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

No description available.