बराहक्षेत्रको महेन्द्र क्वारेन्टाइनलाई निर्माण व्यावसायी संघद्धारा वासिङ मेसिन प्रदान

Newslaya Home

बराहक्षेत्रको महेन्द्र क्वारेन्टाइनलाई निर्माण व्यावसायी संघद्धारा वासिङ मेसिन प्रदान

आइतबार ११, जेठ २०७७

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र–६ स्थित महेन्द्र माविमा स्थापना गरिएको क्वारेन्टाइनलाई वासिङ मेसिन प्रदान गरिएको छ ।

आइतबार निर्माण व्यवसायी संघ वराहक्षेत्रले क्वारेन्टाइनको लागि ६२ हजार ५ सय रुपैया बराबरको मेसिन प्रदान गरेको हो ।

संघका अध्यक्ष राम रायमाझी, महासचिव दिपक कार्की सहितको टोलीले नगर प्रमुख निलम खनाललाई सो वासिङ मेसिन हस्तान्तरण गरेका थिए ।

क्वारेन्टाइनमा बस्नेहरुको लत्ताकपडा तातोपानीले सफाइ गर्नका लागि उक्त मेसिन प्रदान गरिएको निर्माण व्यवसायी संघका अध्यक्ष रायमाझीले बताए ।