भारतले बंगलादेशको ४३ हजार बिघा जग्गा फिर्ता गरेको थियो

Newslaya Home

भारतले बंगलादेशको ४३ हजार बिघा जग्गा फिर्ता गरेको थियो

आइतबार ११, जेठ २०७७

काठमाडौं । भारतले पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरेको थियो ।

सन् १९७१ देखिको भारत र बंगलादेशबीचको सीमा विवाद ४४ वर्षसम्मको निरन्तर प्रयासबीच ७ मे २०१५ मा वार्ताद्वारा बंगलादेशले भारतबाट अतिक्रमित करिब ४३ हजार बिघा भूमि फिर्ता पाएको थियो ।

बंगलादेशको अतिक्रमित भूमि फिर्ता गरेको भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेको झण्डै ३ सय ३५ वर्ग किलोमिटर भूमि फिर्ता गर्नुको विकल्प नरहेको अधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता डा. गोकुल प्रसाद बुर्लाकोटीले बताएका छन् ।

पाँच वर्षअघि बंगलादेशको अतिक्रमित भूमि फिर्ता गरेर सहानुभूति लिन सफल भएको भारत अहिले नेपालको विषयमा भने आलोचित बन्न पुगेको छ ।