कालापानी नेपालको भन्दै कैलालीका सुरेशले गरे दिल्ली गेटमा प्रदर्शन

Newslaya Home

कालापानी नेपालको भन्दै कैलालीका सुरेशले गरे दिल्ली गेटमा प्रदर्शन

आइतबार ११, जेठ २०७७

काठमाडौं । कैलालीका सुरेश चौधरीले कालापानी र लिपुलेक नेपालको भन्दै दिल्ली गेटमा प्रदर्शन गरेका छन् ।

भारतले गत नोभेम्बर २ मा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि सुरेशले दिल्ली गेटमा प्रदर्शन गरेका हुन् ।

मे ८ मा नेपालको भूमिमा बनाएको बाटो भारतले उद्घाटन गरेसँगै दुई मुलुकबीच विवाद बढेको हो । हालै नेपालले आफ्नो भूमि समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

कूटनीतिक माध्यम र वार्तामार्फत सीमा विवाद समाधान नगरी पेलेर भारत अघि बढ्न थालेपछि नेपाल सरकारले पनि मे २० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर आफ्नो भूमिको रक्षार्थ नक्सालाई अद्यावधिक गरेको हो ।