फाल्गुनन्द गाउँपालिकालाई गोरखा वेल्डफेयरको प्राविधिक सहयोग

Newslaya Home

फाल्गुनन्द गाउँपालिकालाई गोरखा वेल्डफेयरको प्राविधिक सहयोग

आइतबार ११, जेठ २०७७

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई गोरखा वेल्डफेयरले कोरना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि विभिन्न सामाग्री सहयोग गरेको छ ।

गोरखा वेल्फेयरको ट्रस्ट धरानको प्राविधिक सहयोगमा धारा सहितको ५ सय लिटर ड्रम, सेनिटाइजर, सर्जिकल माक्स, ग्लोप, हेड्वासिङ लगायतका विभिन्न सामाग्री सहयोग गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ को आङसराङ स्वास्थ्य चौकी, वडा नम्बर ४ को चिलिङदिन स्वाथ्य चौकीमा उक्त सामाग्री बितरण गरिएको र राँके हेल्प डेक्स र गाउँपालिका कार्यालयमा संस्थाले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए ।

भारतसंग सिमा जोडिएको गाउँपालिकामा कोरना भाइरस कोभिड १९ को उच्च जोखिमसंग लड्न उक्त सामाग्रीले ठुलो सहयोग गर्ने गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङले बताए ।

गोरखा वेल्फेयरले ४ वटा धारा जडित ड्रम, ९ सय वटा सर्जिकल माक्स, २ हजार ४ सय जोडी ग्लोप, ५ सय एमएलको ८० वटा सेनिटाइजर लगायतका सामाग्री बितरण गरेको जनाइएको छ ।