अष्ट्रेलियामा विशाल आँधी आउने खतरा

Newslaya Home

अष्ट्रेलियामा विशाल आँधी आउने खतरा

आइतबार ११, जेठ २०७७

काठमाण्डौ । अष्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा भयानक आँधी आउन लागेको बताइएको छ। केही क्षेत्रमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी गरिएको छ।

अग्नि तथा आपत्कालनीन सेवा विभागका वरिष्ठ अधिकारीले यो एक दशकमा एक पटक आउने किसिमको आँधी भएको बताए। मौसमी प्रतिकूलता सोमवारदेखि कम हुँदै जाने पनि मौसमविद्हरूले बताएका छन्। अधिकारीहरूले मानिसहरूलाई आफ्नो सम्पत्तिको सुरक्षा गर्न र सामानहरू बाँधेर राख्न भनेको बताइएको छ।

पश्चिमी अस्ट्रेलियाको धेरै ठाउँमा प्रतिकूल मौसमको चेतावनी जारी गरिएको छ। यो पश्चिम अस्ट्रेलियाका लागि विरलै हुने घटनाका रूपमा पनि व्याख्या गरिएको छ। यो मौसम प्रणालीले आइतवार पश्चिमी तटीय क्षेत्रमा हान्नेछ भने सोमवारसम्म त्यस्तै अवस्था रहने पनि आकलन गरिएको छ ।