लद्दाखमा भारतीय सेनाको टोलीलाई चिनियाँ सेनाले बनायो बन्धक

Newslaya Home

लद्दाखमा भारतीय सेनाको टोलीलाई चिनियाँ सेनाले बनायो बन्धक

आइतबार ११, जेठ २०७७

काठमाण्डौ । लद्दाखस्थित सीमा क्षेत्रबाट भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको छ। सो क्षेत्रबाट केही दिनअघि भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको हो।

आफ्नो सीमा क्षेत्रमा पसेपछि भारतीय सेनाको टोलीलाई चिनियाँ जनमुक्ति सेनको टोलीले नियन्त्रणमा लिएको खुलेको छ। तर भारतीय पक्षले भने यस कुरालाई नकार्दै आएको छ।

पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सेनाको गस्ती टोलीलाई बन्धक बनाएको खुलेको हो। समाचार अनुसार चिनियाँ सेनाले गत साता पनि भारतका जवानलाई बन्दी बनाएको खुलेको छ।

चीनले लद्दाखको प्याङ्‍गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपाको लाइन अफ एक्चुअल कन्ट्रोलमा सैन्य उपस्थिति बढाउँदै लगेको छ। भारतीय सेनाको विरोधका बावजुद चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्प खडा गरिसकेको छ।

समाचार अनुसार भारतीय सेनाले पनि प्याङ्गङ्‍ग ताल र गालवन गल्छीमा चीनको चुनौतीलाई तयार रहन सैन्य क्षमता बढाउने भएको छ। त्यसक्षेमा भारत र चीनका सैनिकबीच यस महिना तीन पटक झडप भइसकेको छ।