इटहरी बजार डुलेर चारकोसे झाडीतिर छिर्यो हात्ती

Newslaya Home

इटहरी बजार डुलेर चारकोसे झाडीतिर छिर्यो हात्ती

आइतबार ११, जेठ २०७७

इटहरी । इटहरी चोकमा मध्यरात हात्ती देखिएपछि सर्वत्र त्रास सृजना भयो । इटहरी ५, २ का विभिन्न स्थानमा राती ११ बजेपछि हात्ती देखिएको भन्दै स्थानियहरुले होहल्ला गरे । सामाजिक सञ्जालमासमेत पोष्ट गरे ।

हात्तीले गर्नसक्ने सम्भावित क्षती रोक्न स्थानीयहरुका साथै प्रहरीसमेत परिचालित भयो । मध्यरात इटहरी बजार डुलेर हात्ती आँपगाछीबाट पुर्व उत्तर हुँदै चारकोसे झाडीमा छिरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

इटहरीको चारकोसे झाडी छेउको वस्तीमा भने आक्कल झुक्कल केही वर्षअघिसम्म हात्ती देखिन्थ्यो । तर इटहरी चोकमा भने झण्डै एक दशकपछि हात्ती देखिएको थियो । तर मान्छेको धेरै भीड हुने र गाडी गुडिरहने इटहरी चोक बजारका ठाउँमा लकडाउनको समयमा मध्यरात हात्ती देखिएपछि सबैले यो घटनालाई चासोपूर्वक हेरेका छन् ।

इटहरी बजारमा मध्यरात जोडी हात्ती, सर्वसाधारण आतंकीत