इटहरीका कोरोना संक्रमित युवकका आफन्त सबैको रिपोर्ट नेगेटिभ

Newslaya Home

इटहरीका कोरोना संक्रमित युवकका आफन्त सबैको रिपोर्ट नेगेटिभ

आइतबार ११, जेठ २०७७

इटहरी । इटहरी–२ का कोरोना संक्रमित युवकका आफ्न्त सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनी संक्रमित भएसगैं उनका छिमेकी, आफन्तलाई जाचँका लागि स्वाब परीक्षण गर्न प्रादेशिक कोशी अस्पताल विराटनगर पठाइएको थियो ।

स्वाब पठाइएको चार दिन पछि २० जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको इटहरी अस्पताल इमेरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जनाए ।

संक्रमित युवा अहिले कोभिड १९ अस्पताल विराटनगरमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

बराहक्षेत्रका १४ सशस्त्र प्रहरीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ