इदको बिदा आज हैन भोलि

Newslaya Home

इदको बिदा आज हैन भोलि

आइतबार ११, जेठ २०७७

काठमाडौं । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

नेपाल र दक्षिण एसियाभरबाट २०७७ जेठ १० मा चन्द्रमा नदेखिएकाले ईद पर्व २०७७ जेठ १२ गते मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।