बराहक्षेत्रका १४ सशस्त्र प्रहरीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Newslaya Home

बराहक्षेत्रका १४ सशस्त्र प्रहरीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

- बाबुराम कार्की
आइतबार ११, जेठ २०७७

प्रकाशपुर । बराहक्षेत्र नगरपालिका ११ मधुवन हावैमहलका रहेका सशस्त्र प्रहरी पोस्टका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

सशस्त्र प्रहरी पोस्टमा कार्यरत पथरीका एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टी भएपछि जेठ ६ गते पोष्टमा कार्यरत सबैको स्वाब संकलन गरिको थियो ।

पोष्टमा रहेका १४ जना सुरक्षाकर्मीसहित संक्रमित सुरक्षाकमीका दुई जना आफन्तको पनि स्वाब संकलन गरिएको थियो । कोशी अञ्चल बिराटनगरमा परीक्षण गर्दा सबैको नेगेटिभ आएको बराहक्षेत्र वार्ड नंं. ११ मधुवनका वडाध्यक्ष केदार विष्टले जानकारी दिए ।

एक जनामा संक्रमण पुष्टि भएसँगै स्थानीयहरु त्रसित भएका थिए ।