इटहरी बजारमा मध्यरात जोडी हात्ती, सर्वसाधारण आतंकीत

Newslaya Home

इटहरी बजारमा मध्यरात जोडी हात्ती, सर्वसाधारण आतंकीत

शनिबार १०, जेठ २०७७

इटहरी । मध्यरात हात्तीका कारण इटहरीको वडा नंं. ५ आतंकित बनेको छ ।

मध्यरात २ वटा हात्ती देखिएपछि सिमरबना क्षेत्रका स्थानीयहरु आतंकित बनेका हुन् । घर भत्काउने डरले आतंक छाएको हो । हात्ती कहाँबाट त्यहाँ पुग्यो भन्ने बारे थाहा हुन सकेको छैन ।

स्थानीय र प्रहरी भएर हात्तीलाइ खेदाएका छन् । तर वरपरका अन्य वस्तीमा पस्ने सम्भावना छ ।

नजिकै रहेको वन क्षेत्रका कारण इटहरीको वडा नं. २, ३ र २० वडाहरुमा हात्ती कहिलेकाही देखिने गर्छ । तर वन क्षेत्र नै नछुने ठाउँमा हात्ती एक्कासी कसरी देखियो स्थानीयहरु अचम्ममा परेका छन् ।

इटहरी चोक बजार आसपास झन्डै १० वर्षपछी हात्ती पसेको जानकारहरु बताउछन् ।