जापानी टेनिस स्टार ओसाका बनिन् सर्वाधिक कमाइ गर्ने महिला खेलाडी

Newslaya Home

जापानी टेनिस स्टार ओसाका बनिन् सर्वाधिक कमाइ गर्ने महिला खेलाडी

शनिबार १०, जेठ २०७७

काठमाडौं । २२ वर्षीया जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन् । फोर्ब्सका अनुसार उनले पछिल्लो एक वर्षमा ३७.४ मिलियन डलर आर्जन गरेकी छिन् ।

फोर्सका अनुसार सन् २०१५ मा विश्वकै धेरै आर्जन गर्ने टेनिस खेलाडी महिला मारिया सरापोमा थिइन् । उनको आय २९.७ मिलियन अमेरिकी डलर थियो । सन् २०१५ पछि भने सेरेना विलियम्स धेरै कमाउने महिला खेलाडीका रुपमा रहँदै आएकी थिइन् ।

ओसाकाले सन् २०१८ को युएस ओपन र २०१९ को अस्ट्रेलियन ओपन जित्दै विश्व नम्बर १ बन्ने पहिलो एसियाली खेलाडी बनेकी थिइन् । यद्यपि उनी अहिले १० औं वरीयतामा छिन् । उनको आर्थिक श्रोतहरुमा पुरस्कार र स्पोन्सरसिप रहेको छ ।

फोर्ब्सले तयार गरेको धेरै आर्जन गर्ने खेलाडीको लिस्टमा ओसाका २९ औं स्थानमा छिन भने सेरेना विलिमयम्स (३६ मिलियन डलर) ३३ औं स्थानमा छिन् ।