उदयपुरबाट लागुऔषध सहित दुई जना पक्राउ

Newslaya Home

उदयपुरबाट लागुऔषध सहित दुई जना पक्राउ

शनिबार १०, जेठ २०७७

उदयपुर । उलयपुरको बेलका नगरपालिका– २ बानडाँडाबाट अबैध लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको गस्ती टोलीले भागलपुरबाट रामपुर तर्फ आउँदै गरेको प्र १–०२–०४१ प ११८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा बेलका–९ का २३ वर्षिय बिष्णु भन्ने मातृका सापकोटा, २४ वर्षिय सबिन खड्कालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागु औषध लुपिजेसिक ६ एम्पुल, फेनागन ६ एम्पुल, डाजेल्याब ४ एम्पुल, डाजेल्याब २ ( फुटेको) एम्पुल र १० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सहित नियन्त्रणमा रहेका दुवै जनालाई ईप्रका रामपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।