उदयपुरका दुई बालिकामाथि बलात्कारको प्रयास

Newslaya Home

उदयपुरका दुई बालिकामाथि बलात्कारको प्रयास

शनिबार १०, जेठ २०७७

उदयपुर । उदयपुरको विभिन्न दुई स्थानबाट बालिका बलात्कारको प्रयास गर्ने एक वृद्धा सहित दुई जना पक्राउ परेका छन् ।

र नजिकैको जंंगलमा बाख्रा चराउन गएको अवस्थामा लिम्चुङबुङ गाउँपालिका– २ की १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्ने १८ वर्षिय किशोर अभिषेक खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

जंंगलमा बाख्रा चराउन गएको समयमा खत्रीले बालिकालाई बलात्कार प्रयास गरेको भन्दै बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।

त्यसैगरी उदयपुरकै ताप्ली गाउँपालिका– २ ओख्लेकी ८ वर्षिय बालिकालाई ललाई फकाई बलात्कार प्रयास गरेको अभियोगमा स्थानीय ओडारेका ६५ वर्षिय छबिलाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) बुढा मगरले बताए ।