झापामा लागुऔषध ब्राउसुगर सहित दुई जना पक्राउ

Newslaya Home

झापामा लागुऔषध ब्राउसुगर सहित दुई जना पक्राउ

शनिबार १०, जेठ २०७७

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगर सहित दुई जना पक्राउ परेका छन् ।

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोड–४ का २८ बर्षीय पवन चौधरी र २८ बर्ष कै महेश गुरुङलाई नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।