सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

Newslaya Home

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार १०, जेठ २०७७

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–७ कबिलासामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार (आज) दिउँसो घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल दुर्घटनामा परी देवानगञ्ज गाउँपालिका–२ का २५ बर्षीय सजिम अंसारीको मृत्यु भएको हो ।

आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक अंसारीलाई उपचारको लागि विराटनगर लगिएको थियो । विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।