थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

Newslaya Home

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

शनिबार १०, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५८४ पुगेको छ ।

शनिबार थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ५८४ पुगेको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । आरडीटी पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका चारै जनाको पीसीआर पोजेटिभ देखिएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा झापा गाउँपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर मदरसाका ६ जना, नरैनापुर–३ का १५ जना, नरैनापुर–१ का ६ जना र बर्दियाको बडैयाताल–७ का १ जनामा कोरोना पुष्टि भएको हो ।

र्खेत जिल्लामा २ जना पुरुष र १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देशभर ४० जिल्लामा कोरोना संक्रमण पुगेको छ । कूल संक्रमितमध्ये पुरुष ५०५ र महिला ७९ जना रहेको जनाइएको छ ।