पूर्वयुवराज पारस चढेको गाडीले गोरुलाई ठक्कर दियो

Newslaya Home

पूर्वयुवराज पारस चढेको गाडीले गोरुलाई ठक्कर दियो

शनिबार १०, जेठ २०७७

पोखरा । पोखराको पृथ्वीचोकमा पूर्वयुवराज पारस शाह चढेको गाडीले गोरुलाई ठक्कर दिएको छ ।

शुक्रबार राति पारस शाहसहित तीनजना व्यक्ति सवार रहेको बा १४ च २१३१ नम्बरको गाडीले ठक्कर दिँदा उक्त गोरुको मृत्यु भएको हो ।

गोरुलाई ठक्कर दिएपछि गाडी ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ । गाडी पारस शाहले भने नचलाएको वडा प्रहरी कार्यालय बैदामा डीएसपी यादव ढकालले जानकारी दिए ।

उक्त गाडी अशोक गुरुङले चलाएको खुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि प्रहरीले चालकको स्वास्थ्य परिक्षण गर्दा मादक पदार्थ, लागु पदार्थ सेवन गरेको नपाइएको ढकालले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान चलिरहेको जनाइएको छ ।