बजेटमार्फत तत्काल राहत प्याकेज घोषण गर्न प्याब्सन र एनप्याब्सनको माग

Newslaya Home

बजेटमार्फत तत्काल राहत प्याकेज घोषण गर्न प्याब्सन र एनप्याब्सनको माग

शनिबार १०, जेठ २०७७

काठकाडौं । सरकारले शैक्षिक क्षेत्रमा देखिएको आर्थिक समस्या बजेटमार्फत सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।

प्याब्सन र एनप्याब्सनद्वारा कोभिड महामारीको रोकथामका लागि गरिएको लकडाउनद्वारा सिर्जित आर्थिक अवस्था सम्बोधनका लागि तत्काल राहत प्याकेज घोषना गर्न संयुक्त रुपमा माग गरिएको हो ।

शिक्षक, कर्मचारी तलब भत्ता, विद्यालयको भाडा तथा बैँकको व्याज लगाएत विद्यालयका नियमित कामहरु धान्न समस्या भइआएकाले प्याब्सन तथा एनव्याब्सनले तत्काल राहत प्याकेज घोषण गर्न आग्रह गरेको हो ।