नेपाली ह्याकरद्वारा ७ करोड भारतीय आधार कार्डको विवरण ह्याक

Newslaya Home

नेपाली ह्याकरद्वारा ७ करोड भारतीय आधार कार्डको विवरण ह्याक

शनिबार १०, जेठ २०७७

काठमाण्डौ । नेपाली ह्याकरहरूले भारतीय आधार कार्डको विवरण ह्याक गरेका छन् ।

नेपालले लिम्पियाधुरा,लिपुलेक,कालापानीसमेतको नक्सा जारी गरेपछि भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेसँगै नेपाली ह्याकरहरूले प्रतिकारमा आधार कार्ड विवरण ह्याक गरिदिएका हुन् ।

नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेको छ । आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ ।

सूचना तथा सञ्चार प्रविधिका विज्ञहरू भने नेपालमा साइबर सेक्युरिटी कमजोर रहेको अवस्थामा यसरी ‘साइबर वार’ मा जान नहुने बताएका छन् ।