भारतबाट धरान आएका एक युवालाई इटहरीको क्वारेनटाइनमा ल्याइने

Newslaya Home

भारतबाट धरान आएका एक युवालाई इटहरीको क्वारेनटाइनमा ल्याइने

शनिबार १०, जेठ २०७७

धरान । दिल्लीबाट बिहारको बाटो हुँदै धरान आइपुगेका एक भारतीय नागरिकलाई इटहरीको क्वारेनटाइनमा ल्याइने तयारी भएको छ ।

२२ दिन अगाडि नेपाल प्रवेश गरेका उनी सप्तरीको राजविराजमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेर शनिबार (आज) बिहान धरान आइपुगेका हुन् ।

धरान–१ लक्ष्मी चोकको एक घरमा डेरा गरी बस्ने उनलाई कोशी ब्यारेजबाट प्रहरीले आँपको गाडीमा हालेर पठाएको व्यापारीले बताएका छन् ।

ती भारतीय नागरिलाई स्वास्थ्य परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा लगिएको हो । त्यहाँ उनको हिस्ट्री चेकिङ र ज्वरो जाँच्ने काम भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

उनलाई तत्कालै क्वारेनटाइनमा रेफर गरिएको भएपनि धरान १३ स्थित सैनिक आवसिय विद्यालयको हाता भित्र रहेको क्वारेनटाइनमा नराखिने भएकाले युवालाई इटहरी ल्याउने तयारी भईरहेको छ ।

उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आयो भने धरानमा थप परीक्षण गरेर प्रतिष्ठानको आइसोलेसनमा राख्ने र नेगेटिभ आए इटहरी स्थित जनता क्याम्पसको क्वारेनटाइनमा पठाइने प्रमुख मेहेताले जानकारी दिए ।