सर्वोच्चकी पहिलो महिला न्यायाधीश सिंहको निधन

Newslaya Home

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सिंहको निधन

शनिबार १०, जेठ २०७७

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको ८१ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो।

सिंह २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उनको उल्लेखनीय योगदान रहेको थियो। सिंह काठमाडौंको पकनाजोल निवासी हुन्।