दलित भन्दै वडाध्यक्षले कांग्रेस प्रतिनिधिलाई बैठक कक्षबाट बाहिर निकाले

Newslaya Home

दलित भन्दै वडाध्यक्षले कांग्रेस प्रतिनिधिलाई बैठक कक्षबाट बाहिर निकाले

शनिबार १०, जेठ २०७७

काठमाण्डौ । पाँचथरमा एक युवालाई दलित भन्दै बैठक कक्षबाट बाहिर निकालिएको छ ।

हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मी सुहाङले वडा कार्यालयले बोलाएको बैठकमा सहभागी हुन पुगेका कांग्रेस प्रतिनिधि स्थानीय बीरबहादुर उभरकोटीलाई अपमानपूर्ण ढंगले बैठक कक्षबाट निकालेका हुन्।

आफुले बोलाएको भन्दा अरु नै मान्छेलाई पार्टीले बैठकमा पठाएको र त्यसमा पनि दलितलाई पठाएकोमा अध्यक्ष सुहाङले आक्रोस व्यक्त गरेका छन्।

७ जेठमा वडा कार्यालयको भवन बनाउने बिषयमा सर्वपक्षिय छलफल आयोजना गरिएको थियो। छलफलका लागि कांग्रेसको वडा कार्य समितका सचिव समेत रहेका उभरकोटी बैठकमा सहभागी हुन गएका थिए।

घटनापछि कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रवार वडा कार्यालयमा निवेदन दर्ता गरेको छ।