ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार १०, जेठ २०७७

सुनसरी । सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

सुनसरी गढी गाउँपालिका–६ सत्तेरझोडामा ईटा लोड गरेको को १ त ९६८९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई पल्टदा दुहवी नगरपालिका-११ का २४ बर्षिय फुलचन श्रषिदेबको मृत्यु भएको हो ।

ट्याक्टर आफै अनियन्त्रीत भएर कच्ची बाटोमा पल्टदा फुलचनको घट्ना स्थलमै मृत्यु भएको हो । ट्याक्टरका सहचालकको भने जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।