जर्नेल र कर्णेल पक्राउ

Newslaya Home

जर्नेल र कर्णेल पक्राउ

शनिबार १०, जेठ २०७७

काठमाडौ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअन्तर्गत अन्ततः नेपाली सेनाले आफ्ना एक जना जर्नेल प्रयोगजङ्ग राणालाई नियन्त्रणमा लिएको छ ।

गत जेठ ८ गते पक्राउ गरेर उनलाई राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा राखेको छ । उनीसङ्गै महासेनानी नवीन सिल्वाललाई पनि सैनिक हिरासतमा राखिएको छ ।

दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पाँचखालको प्रमुख रहँदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’ अभियोगअन्तर्गत यी दुई जनामाथि छानबिन चलिरहेको छ । २५ ‘दिनदेखि त्यहाँका सुवेदार मेजर पनि थुनामा छन् ।

प्रयोग पूर्व सेनापति धर्मपालबरसिंह थापाको सालीकी छोरी र अर्का सेनापति सिंहप्रताप शाहकी नातिनी बिहे गरेको नाताले सधैं राम्रो अवसर पाउने अफिसरका रूपमा चिनिन्छन् । यस्तै कर्णेल भूपालमान अधिकारीले भ्रष्टाचारबाट करोडौं कमाएको आरोप छ ।
जनआस्थाबाट