भोजपुरमा कृषि मलको कालोबजारी, ७ सयको मल २ हजार रुपैयामा बिक्रि

Newslaya Home

भोजपुरमा कृषि मलको कालोबजारी, ७ सयको मल २ हजार रुपैयामा बिक्रि

शनिबार १०, जेठ २०७७

भोजपुर । भोजपुरमा कालोबजारी गरेको पाइएपछि रासायनिक मल बेच्ने पसल सिल गरिएको छ ।

अरुण गाउँपालिका ६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसल जिल्ला प्रशासनले सिल गरेको हो । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल २ हजारमा बेचविखन भएको थाहा पाएपछि पसल सिल गरिएको हो ।

प्रहरी टोलीले अनाधिकृत रुपमा ल्याईएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकोसमेत खुलेको जनाएको छ । हुलाकका कर्मचारी समेत रहेका भुजेलले ईन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफुले प्रतिबोरा १८ सयले खरिद गरेर राखेको बताएका छन् ।
पछि सिल गरिएको मल किसानलाई आवश्यक परेको खण्डमा प्रतिबोरा एक हजारमा विक्री गर्न दिने सल्लाह भइरहेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • निर्मललेख्नुहुन्छ
  • |
  • आइतबार ११, जेठ २०७७
भ्रष्टाचारि लाई खोजि खोजि गोली ठोक्नु पर्छ