राँगाको आक्रमणमा महिलाको ज्यान गयो

Newslaya Home

राँगाको आक्रमणमा महिलाको ज्यान गयो

शनिबार १०, जेठ २०७७

काठमाडौं । रौतहटमा राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बृन्दावन नगरक्षेत्रको जङ्गलमा दाउरा खोज्ने क्रममा वनभित्र राँगाले आक्रमण गर्दा ४० वर्षीया रामकली पाश्वानको मृत्यु भएको जनाइएको छ ।

३ जना महिलासँग वनभित्रै दाउरा खोज्ने क्रममा राँगाले आक्रमण गर्दा पाश्वानको मृत्यु भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।