राहत वितरणमा सक्रिय जनप्रतिनिधि र पत्रकारकी श्रीमती पनि संक्रमित

Newslaya Home

राहत वितरणमा सक्रिय जनप्रतिनिधि र पत्रकारकी श्रीमती पनि संक्रमित

शनिबार १०, जेठ २०७७

भक्तपुर । राहत वितरणमा सक्रिय भक्तपुरकी जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरकी महिला वडा सदस्यलाई कोरोना भएको खुलेको हो ।

४२ वर्षीया उनी भक्तपुर ९ की सदस्य थिइन् । उनलाई पाटन अस्पताल लगिएको छ ।

यता बारामा एक जना पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । ३८ वर्षीय संक्रमित पत्रकारकी ३७ वर्षीया श्रीमतीमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।