सगरमाथामा के गर्दैछ चीन ?

Newslaya Home

सगरमाथामा के गर्दैछ चीन ?

शनिबार १०, जेठ २०७७

एजेन्सी । चीनले सगरमाथा क्षेत्रमा क्याम्प खडा गरेको छ । टेन्ट तथा प्रविधिसहितको क्याम्प खडा गरेको हो । टेन्टभित्रै सञ्चार प्रविधिदेखि, जिम, गेम, मसाज, रेस्टुराँ लगायत सुविधा र मनोरन्जनात्मक सेवा राखेर बसेको चिनिया सञ्चारमाध्यहरूले बताएका छन् ।

सगरमाथा क्षेत्रको मापन गर्न भनेर चिनियाँ विशेषज्ञ र प्राविधिकहरूको स्टेसन बनाएको छ । तत्काल पाँच हजार २०० मिटर माथिका क्षेत्रहरु मापन गर्न सुरू गरेको बताइएको छ ।

केही हप्ताअघि देखि नै चीनले सरगरमाथाको उत्तरी मोहडातर्फ करिब ७ हजार मिटरको उचाइमा आफ्नो फाइभ जीको सञ्चार प्रविधिको आधार स्टेशन निर्माण थालेको थियो भने सगरमाथाको मापन कार्य समेत भइरहेको बताइएको छ ।

गत अप्रिल ३० देखि नै चीन तर्फको क्षेत्रमा मापन सुरू भइसकेको छ । सो क्रममा केही चिनियाँ मिडियाले सगरमाथा चीनमा पर्ने समेत लेखेपछि त्यसको चर्चा नेपालमा पनि भएको थियो ।