ताप्लेजुङका बेपत्ता युवक मृत फेला

Newslaya Home

ताप्लेजुङका बेपत्ता युवक मृत फेला

शनिबार १०, जेठ २०७७

ताप्लेजुङ । मंगलबारदेखि बेपत्ता ताप्लेजुङका २१ वर्षीय केशव खवास मृत फेला परेका छन् । उनको शव शुक्रवार साँझ मेवाखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

मिक्वाखोला गाउँपालिका ४ का खवास मेवाखोलामा हामफाली बेपत्ता भएको जानकारी आएपछि प्रहरीले खोजतलास गरेको थियो। उनी हामफालेको भनिएको स्थानभन्दा करिब २०० मिटर तल मृत फेला परेको प्रहरीले बताएको छ।