विवादित भिडियो हटाउन अनुष्कालाई कानुनी पत्र

Newslaya Home

विवादित भिडियो हटाउन अनुष्कालाई कानुनी पत्र

शनिबार १०, जेठ २०७७

काठमाडौं । भारतीय नायिका अनुष्का शर्मालाई उनले निर्माण गरेको वेभ सिरिज पाताल लोकमा समावेश एक विवादित भिडियो हटाउन कानुनी पत्र पठाइएको छ ।

नेपाली केटीलाई अपशब्द प्रयोग गर्दै अपमान तथा गालीगलौज गरेको भिडियो हटाउन लिगल नोटिस पठाइएको हो । नोटिसमा भिडियोमा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली नारीको अपमान भएकाले अनुष्काले माफी मागेर भिडियो हटाउन माग गरिएको छ ।

यसले नेपालको सार्वभौममाथि प्रहार गरेको भन्दै नेपाली नायिकाहरूले भिडियो हटाउन माग गरेका थिए ।

चौतर्फी विरोधपछि अनुष्कालाई कानुनी पत्र पठाइएको जुम टीभी इन्टरटेन्टमेन्टले जनाएको छ । इन्टरटेन्टमेन्टका तर्फबाट वीरेन श्री गुरुङले अनुष्कालाई नोटिस पठाएको बताए । गुरुङले सिरिजको पाताल लोकको दोस्रो शृंखलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको बताएका छन् । अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने र यसो नभए ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने नोटिसमा उल्लेख छ ।